Logo
Logo

डा.सन्दुक रुइतले प्रधानमन्त्रीलाई भने : मन्त्री हुने समय छैन


504
Shares

काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतले प्रधानमन्त्री सुशीला कार्कीलाई आफू मन्त्री नबन्ने जवाफ दिएका छन् । मङ्गलवार तिलगंगा आँखा प्रतिष्ठानमै पुगेर प्रधानमन्त्री कार्कीले रुइतलाई आफू नेतृत्वको सरकारमा मन्त्री बन्न आग्रह गरेकी थिइन् । 

The current image has no alternative text. The file name is: sushila-sanduk.jpg

कार्कीको आग्रहपछि रुइतले सरकारलाई आफूले सहयोग गर्ने तर, सरकारमा मन्त्री बनेर सहभागी हुन नसक्ने बताए । प्रधानमन्त्रीसँगको भेटपछि रुइतले सञ्चारकर्मीलाई आफूले मन्त्री नबन्ने जानकारी गराएका हुन् । 

‘प्रधानमन्त्रीले सरकार अलि जटिल अवस्थामा बनेको छ । सरकारमै सहभागी भएर सहयोग गर्नुपर्‍यो भनेर भन्नु भएको थियो,’उनले भने, ‘मैले उहाँलाई अहिलेको समय बिरामीलाई छाड्न सक्ने खालको छैन। मेरो प्राथमिकतामा बिरामी नै छन् । म सरकारमा सहभागी हुँदिन तर सहयोग हुन्छ भनेर भनेँ ।’
 

प्रतिक्रिया दिनुहोस्