काठमाडौं । काठमाडौंका मेयर बालेन शाहमाथि धरानका मेयर हर्क साम्पाङले अर्को टिप्पणी गरेका छन् । शाहको व्यङ्ग्यात्मक प्रेम प्रस्तावपछि आक्रोशित बनेका साम्पाङले उनलाई विदेशीको कठपुतली बनेको आरोप लगाएका छन् ।

आफ्नो पछिल्लो फेसबुक स्टाटसमा साम्पाङले लेखेका छन्, ‘देश जलाएर खरानीको व्यापार ! विदेशीको कट्पुतली बनेर रमाइलो गर्दै लभ को कुरा ! मुखमा राम राम बगालीमा बम्फक !’
जेजी आन्दोलनपछि काठमाडौं आएर प्रधानमन्त्रीको दाबी गरे पनि सफल नभई ‘रित्तो हात धरान फर्केको’ भन्दै भएका आलोचनाहरूप्रति पनि उनले जवाफ दिएका छन् । ‘रित्तो हात धरान फर्के भन्नेहरुलाई के थाहा जन्मेको रित्तै हो ! मरेर जाने नि रित्तै हो!’ उनले लेखेका छन्, ‘मैले व्यक्तिगत प्राप्तिको आशा बोकेको हो र रु देश सङ्कटमा परेको बेला देश बचाउन निस्केको पो त !’














