Logo
Logo

आज ३४ जिल्लामा बाढीको जोखिम, सतक रहन आग्रह


567
Shares

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज विभिन्न जिल्लामा बाढी आउने सम्भावना रहेको भन्दै सकर्त रहन आग्रह गरेको छ ।

महाशाले बुलेटिन जारी गर्दै आज दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, डोटी, कैलाली र आसपासका जिल्ला भई वहने ससाना नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेको भन्दै सतर्क रहन भनेको हो ।

त्यसैगरी आज इलाम, झापा, मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, स्याङजा, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही ससाना नदीमा आकस्मिक बाढीको मध्यम सम्भावना रहेको जनाएको छ ।

ती ३४ जिल्ला भइ बहने खोला तथा नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्