
काठमाडौं । सडक डिभिजन कार्यालय काडमाडौंले ज्यालादारी कर्मचारी कटाैती गरेकाे छ । कार्यालयले पहुँचका आधारमा अनावश्यक रुपमा राखिएका ज्यालादारी कर्मचारी असोज १ गतेदेखि हटाएको हो ।
डिभिजन प्रमुख सुबोधकुमार देवकोटाले कार्यालयलाई जवाफदेयी र पारदर्शी बनाउन असोज १ गतेबाटै लागु हुने गरी पहुँचका आधारमा रहेका ज्यालादारी कर्मचारीहरूलाई बिदा दिइएको बताए ।
उनका अनुसार पहिलो चरणमा ३०/३५ जना ज्यालादारी कर्मचारी बिदा हुँदा मासिक १५ लाख रूपैयाँ राज्य कोषमा बचत हुने छ ।














