Logo
Logo

बागमतीका सभामुखले दिए राजीनामा


2k
Shares

काठमाडौं । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । उनले उपसभामुख अप्सरा चापागाईंसमक्ष आज राजीनामा पत्र बुझाएका हुन् ।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट प्रदेशसभाको नयाँ र पुरानो दुबै भवन जलेपछि विषम् परिस्थितिकाबीच पदमा बसिरहन नैतिकताले नदिएको भन्दै उनले राजीनामा दिएका हुन् ।

१२ करोड रुपैयाँ लागतमा करिब पाँच वर्ष लगाएर निर्माण गरेको बागमतीको नयाँ प्रदेशसभा भवन उद्घाटनको एक महिना मै तोडफोड र आगजनीबाट ध्वस्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्