Logo
Logo

कोटेश्वरको भाटभटेनीमा फेला पर्‍यो जलेको शव, मृतक संख्या ७४ पुग्यो


1.1k
Shares

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटको भित्रबाट डढेको अवस्थामा एक शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार बुधबार भेटिएको शव पूरै जलेको अवस्थामा छ, जसको पहिचान अझै खुलेको छैन।

योसँगै जेनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा मृत्यु हुनेको संख्या ७४ पुगेको छ। यसअघि चुच्चेपाटीस्थित भाटभटेनीबाट ७ वटा जलेका शवहरू अस्थिपञ्जरको रूपमा फेला परेका थिए, जुन अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

आगजनी र तोडफोडबाट पूर्ण रूपमा क्षतिग्रस्त कोटेश्वरको यो शाखामा पनि शव भेटिएसँगै आन्दोलनको हिंसात्मक रूप थप भयावह बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्