Logo
Logo

जेनजी प्रदर्शनमा मारिएका दिनेश राजवंशीको परिवार आर्थिक संकटमा


567
Shares

झापा । जेनजी आन्दोलनमा गोली लागेर सहिद भएका अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशीको मृत्युपछि उनको परिवार गम्भीर आर्थिक संकटमा परेको छ ।

कतारबाट फर्किएपछि मासु पसल सञ्चालन गरेका दिनेश पुनः रोजगारीको खोजीमा रोमानिया जान तयारीमा थिए । तर, भदौ २४ गते विर्तामोडमा भएको प्रदर्शनमा घाइते भई तीन दिनपछि स्थानीय बिएण्डसी टिचिङ हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो ।

दिनेशका पत्नी जान्ती राजवंशी ज्यालादारी गर्दै आइरहेकी छन् । पाँच वर्षीय छोरा र एक वर्षीया छोरी अझै बुबाको पर्खाइमा छन्। वृद्ध आमा र सानो कच्ची घरमा संयुक्त परिवार बस्दै आएको छ।

परिवारको गुजारा कसरी गर्ने भन्ने चिन्ताले दिनेशकी पत्नी र परिवारलाई पिरोलिरहेको छ। दाजु गोवर्द्धन राजवंशीले सरकारले बालबालिकाको शिक्षा र परिवारको पालनपोषणको जिम्मा लिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्