काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घरमा आगलागी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको कीर्तिपुर अस्पतालका चिकित्सकहरूले बताएका छन् ।

जलन विशेषज्ञ डा. कीरण नकर्मीका अनुसार चित्रकारको फोक्सोमा ग्यास भरिएको र देब्रे हातमा गम्भीर चोट लागेको छ। आज देब्रे हातको शल्यक्रिया हुने तयारी छ।
नेता खनालले उक्त घटना योजनाबद्ध भएको भन्दै आपराधिक कार्यमा संलग्नहरूलाई कडा कारबाहीको माग गरेका छन्। उनले घर तोडफोड, आगजनी र लुटपाटमा संलग्नको प्रमाण संकलन भइसकेको र छिट्टै सार्वजनिक गरिने बताए।














