Logo
Logo

प्रदूषणले दिल्लीको लाल किल्लामा कालो पत्र जम्दै, संरचना जोखिममा


378
Shares

नयाँ दिल्ली । दिल्लीको ऐतिहासिक लाल किल्लामा वायु प्रदूषणका कारण पर्खालमा कालो पत्र जम्न थालेको एक अध्ययनले देखाएको छ।

रातो बलौटे ढुङ्गा र प्रदूषणबीचको रासायनिक प्रतिक्रियाले ०.०५–०.५ मिलिमिटर बाक्ला पत्र बनाएको पाइएको हो, जसले संरचनामा दीर्घकालीन क्षति पुर्‍याउन सक्छ।

सन् २०२१–२०२३ सम्म भारत र इटालीका वैज्ञानिकहरूले गरेको अध्ययन ‘हेरिटेज’ जर्नलमा प्रकाशित भएको हो।

१७ औँ शताब्दीमा शाहजहाँले बनाएको लाल किल्ला भारतको एक प्रमुख ऐतिहासिक स्थल हो, जहाँ प्रत्येक स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीले झन्डा फहराउने परम्परा छ।

यसअघि, ताजमहल पनि प्रदूषणका कारण रंग परिवर्तनको समस्यामा परेको थियो। संरक्षणकर्मीहरूले दिल्लीका अन्य संरचनाहरू पनि जोखिममा रहेको चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्