Logo
Logo

नेपालले २०औँ एसियाडका लागि ४३४ खेलाडीको नाम दर्ता


441
Shares

काठमाडौँ । आगामी वर्ष जापानको आइची र नागोयामा आयोजना हुने २0 औँ एसियाली खेलकुद एसियाडका लागि नेपालले ३२ खेलमा ४३४ खेलाडी को नाम आयोजकमा दर्ता गराएको छ ।

नेपाल ओलम्पिक कमिटी एनओसीले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार दर्ता गरिएका खेलाडीमध्ये २३९ पुरुष र १९५ महिला छन् । यसअघि दर्ता गरिएका ३० खेलमा फुटबल र तेक्वान्दो थपिँदै कुल ३२ खेल पुगेका छन् । इन्ट्री बाई नम्बर’ प्रक्रिया सेप्टेम्बर १६मा पूरा गरिएको हो।

एनओसीले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेपबाट आवश्यक विवरण नपाएपछि खेल संघहरूसँग समन्वय गरी सम्भावित खेलाडीको संख्या तय गरेको हो ।

दर्ता गरिएका प्रमुख खेलहरूमा एथलेटिक्स, बक्सिङ, कराते, पौडी, क्रिकेट, भलिबल, ब्याडमिन्टन, फुटबल, टेबल टेनिस, कुस्ती, भारतोलन, जुडो, तेक्वान्दो, उसु, स्केटिङ, रग्बी, इ(स्पोर्ट्स, स्क्वास, गल्फ लगायत छन् । २०औँ एसियाड सन् २०२६ मा आयोजना हुँदैछ ।

तयारीका क्रममा अहिले प्रारम्भिक टोलीको नाम दर्ता गरिएको र अन्तिम छनोट पछि सार्वजनिक गरिने एनओसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्