
एजेन्सी । अमेरिकाको पेन्सिलभेनिया राज्यमा गोली चल्दा तीन प्रहरीको मृत्यु भएको छ । गोली प्रहारबाट अन्य दुई प्रहरी पनि घाइते भएका छन् ।
प्रहरी अधिकारीहरुले एउटा मुद्दाको अनुसन्धान गरिरहेका बेला घटना भएको बताएको छ । घटनास्थलका तस्बिरमा एक घाइते प्रहरीलाई मेडिकल हेलिकप्टरले लगिएको देखिन्छ ।
पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसले ती प्रहरी मारिएको र प्रहरी कारबाहीमा बन्दुकधारीको पनि मृत्यु भएको बताएका छन् । प्रहरीले यो आक्रमणबाट सर्वसाधारणलाई कुनै खतरा नभएको बताएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।














