Logo
Logo

आज कहाँ-कहाँ छ आकस्मिक बाढीको जोखिम ?


315
Shares

काठमाडौं । जल तथा मौसम विभागअन्र्ततको बाढी पुर्वानुमान महाशाखाले आज देशका विभिन्न खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले बुलेटिन जारी गर्दै आज ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको जनाएको हो ।

त्यसै गरी इलाम, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, रामेछाप, सिन्धुली, मकवानपुर, नुवाकोट, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, सर्लाही, रौतहट, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया दाङ, सुर्खेत, जाजरकोट, दैलेख, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने जनाएको छ ।

माथिका जिल्ला तथा आसपास भइ बहने खोला तथा नदी तटीय क्षेत्रका नागरिकलाई महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्