
काठमाडौं । नेपाली बजारमाआज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ सय रुपैयाँले घटेर कारोबार भएको हो ।
यसअघि बुधबार २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य घटेर आज २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।











