Logo
Logo

पाटन र वीर अस्पताललाई तरुण दलद्वारा स्वास्थ्य सामग्री प्रदान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ भदौ । नेपाल तरुण दलले पाटन र वीर अस्पतालमा गएर स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । १०७औँ वी.पी जयन्तीको अवसर पारेर तरुण दलले पाटन अस्पतालअन्तर्गत हाडजोर्नी विभागमै गएर एक हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस शिल्ड वितरण गरेको हो । यस्तैलगतै वीर अस्पतालअन्तर्गत नाक, कान, घाटी विभागमै पुगेर तरुण दलले एक हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस शिल्ड वितरण गरेको हो ।
‘कोरोनाको महामारीको अवस्थामा अग्रपंक्तिमा रहेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीलाई सम्मान गर्दै यो स्वास्थ्य सामाग्री वितरण गरेका हौँ’, तरुण दल अध्यक्ष जितजंग बस्नेतले भने । त्यस्तै, स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग पुर्याउने नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानलाई नेपाल तरुण दल केन्द्रीय समितिले धन्यवाद ब्यक्त गरेको छ । कार्यक्रममा तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्