Logo
Logo

पदयात्राको स्वर्ग सहश्राव्दी पदमार्ग


315
Shares

गण्डकी । गण्डकी प्रदेशको तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर लामो सहश्राव्दी पदमार्ग (मिलेनियम ट्रेक ) पछिल्ला वर्षहरूमा पुनः सक्रिय बन्दै छ ।

सन् २०५६ सालदेखि सञ्चालनमा आएको यो पदमार्ग समुद्री सतहबाट ४२० मिटरदेखि १,७१५ मिटर उचाइसम्म फैलिएको छ ।

स्थानीयवासी, मिलेनियम ट्रेक व्यवस्थापन समिति, र नेपाल पर्यटन बोर्डको सक्रियतामा यहाँ घरवास होमस्टे, साइनेज, र अन्य पूर्वाधारहरू विस्तार भइरहेका छन्। यो पदमार्ग उच्च हिमाली यात्रा गर्न नसक्नेहरूका लागि पनि उपयुक्त मानिन्छ ।

पदयात्रा सम्पन्न गर्न करीब एक हप्ता लाग्ने यो पदमार्गमा एक/दुई दिनका छोटो हाइकिङ पनि सम्भव छन् । यात्रा दुलेगौडाबाट सुरु भई गाछेपानी, ढोरबाराही, रजस्थल, घरेडी, सादीखोला, काल्खु, कोल्मा, भैँसेगौँडा, चन्द्रकोट, बुढाकोट, मनकामना, सुन्तलाबारी हुँदै रामबाछा पुगेर समाप्त हुन्छ ।

पदमार्गमा मिलेनियम गुफा, ढोर मूलकोट दरबार, भिरकोट कालिका, जन्तेढुङ्गा, देउपुजे ढुङ्गा, बुढाकोटजस्ता ऐतिहासिक र धार्मिक स्थलहरू प्रमुख आकर्षण हुन् । पदमार्गबाट हिमाल, हरियाली पहाड, सुरौदी खोला र भरतपोखरी आसपासको दृश्यावलोकन पनि गर्न सकिन्छ।

स्थानीयहरू आशावादी छन् कि यस क्षेत्रको प्रवर्द्धनले पदयात्रा पर्यटनमा नयाँ अवसरहरू सिर्जना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्