Logo
Logo

प्रधानमन्त्री कार्की र अमेरिकी राजदूतबीच भेटवार्ता


315
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् ।  

The current image has no alternative text. The file name is: nepal-us.jpg

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारमा बिहीबार भएको भेटमा उनीहरूबिच आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् । सो अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसअघि प्रधानमन्त्री कार्कीसँ चिनियाँ राजदूत चेन सङले भेटवार्ता गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस्