Logo
Logo

हामी धुलो टकटकाएर उठ्छौँ : प्रचण्ड


945
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका क्रममा भएको क्षतिलाई हेरेर निराश हुने छुट नभएको भन्दै धुलो टकटकाएर निर्माणको क्षमता र इच्छाशक्ति देखाउन आवश्यक रहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: prachand.gif

बिहीबार एक भिडियो सन्देश जारी गर्दै प्रचण्डले  आफू यतिखेर ७० भन्दा बढी युवाहरूको जगन्य हत्याको शोकमा  रहेको बताएका छन् । उनले  २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको  र यतिखेर धुलो हेरेर निराश हुने छुट नरहेको बताउँदै धुलो टकटक्याएर निर्माणको क्षमता र इच्छाशक्ति देखाउनु आवश्यक रहेको बताएका छन् । 

अध्यक्ष प्रचण्डले उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न पार्टी पङ्क्ति र जनसमुदायलाई हार्दिक आह्वान समेत गरे । उनले भने, ‘देश र जनताप्रतिको हाम्रो निष्ठा र प्रतिबद्धता पुनर्निर्माणमा देखिनु पर्दछ ।’

२३ र २४ भदौमा भएका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन उनले सरकारसँग माग समेत गरे ।

प्रतिक्रिया दिनुहोस्