Logo
Logo

लिबियामा डुङ्गा डुब्दा ६१ आप्रवासी बेपत्ता


252
Shares

जेनेभा । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले लिबियाको पूर्वी तटमा डुङ्गा पल्टिँदा ६१ जना अनियमित आप्रवासी बेपत्ता भएको जनाएको छ ।

The current image has no alternative text. The file name is: libiya.gif

सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा, युएनएचसिआरले यो घटनाबाट गहिरो दुःख व्यक्त गर्दै भनेको छ, ‘टोब्रुकमा यो दोस्रो दुखद डुङ्गा दुर्घटना हो, जहाँ ७४ जना यात्रु बोकेको जहाज डुब्यो । १३ जना मात्र बाँच्न सके र दर्जनौँ अझै बेपत्ता छन् ।’

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) का अनुसार गत आइतबार टोब्रुकमै अर्को डुङ्गा दुर्घटनामा ५० सुडानी नागरिकको मृत्यु भएको र २४ जना आप्रवासी उद्धार गरिएको थियो ।

लिबियाका तटहरू, विशेषगरी गर्मी महिनामा, अनियमित आप्रवासी बोकेका डुङ्गा डुब्ने घटना बारम्बार हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्