Logo
Logo

काठमाडौंका एसएसपी जिम्मेवारीबाट हटाइए, थापालाई पठाइयो


14.1k
Shares

काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौका एसएसपीलाई जिम्मेवारीबाट हटाएको छ । काठमाडौंका एसएसपी विश्वराज अधिकारीलाई हटाएर उनको ठाउँमा एसएसपी रमेश थापालाई पठाइएको हो ।

The current image has no alternative text. The file name is: police-1.jpg

थापा हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए । उनीले यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीको कमाण्ड समेत गरिसकेका छन् ।

भदौ २३ को घट्नापछि अधिकारीलाई हटाएर थापालाई पठाइएको हो । अधिकारी गत माघमा काठमाडौ परिसरमा आएका थिए । उनी आएपछि चैत १५ गते राजावादीहरुको आन्दोलन भएको थियो । उनको सुरक्षा व्यवस्थापन फितलो भएका कारण त्यो आन्दोलन हिंसात्मक भएको भन्दै आलोचना भएको थियो ।  

भदौ २३ पनि उनी आफैँ फिल्डमा खटेर युवाहरुमाथि गोली प्रहार गर्ने आदेश दिएको भन्दै आलोचना भएको छ । नयाँ सरकार आउन वित्तिकै अधिकारीको स्थानमा थापालाई पठाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्