Logo
Logo

परवानीपुर सवस्टेसनमा आगलागी, विद्युत् सेवा ठप्प


882
Shares

वीरगञ्ज । बाराको परवानीपुरस्थित ११ केभी सवस्टेसनमा बुधबार आगलागी हुँदा बारा–पर्सा क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । सर्ट सर्किटले प्यानल जलेर क्षति पुगेपछि वीरगञ्ज, सिमरा, गण्डक, नारायणी लगायतका फिडरमा सेवा बन्द भएको हो ।

विद्युत् प्राधिकरणका अनुसार पिलुवास्थित सवस्टेसनमा पनि ब्रेकर बुस पड्किएर समस्या थपिएको छ । हाल वीरगञ्ज सवस्टेसनबाट वैकल्पिक रूपमा आपूर्ति प्रयास भइरहे पनि क्षमता अपुग भएको बताइएको छ ।

समस्या समाधानका लागि कम्तीमा १५ दिन लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्