Logo
Logo

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै सञ्चालन


252
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा आएको छ । गएराति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

अवरुद्ध सडकको पहिरो पन्छाइ राति देखि नै एकतर्फी सवारी सञ्चालनमा ल्याएको थियो । आज बिहान ७ः १५ बजेदेखि भने दुईतर्फी नै यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्