Logo
Logo

कार्यालय डढेर खरानी भएपनि हाम्रो इच्छाशक्ति मरेको छैन : ईश्वर पोखरेल


630
Shares

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कार्यालय डढेर खरानी भए पनि एमालेजनको इच्छाशक्ति नमरेको बताएका छन् ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनौती सामना गरेर नेकपा एमाले फेरि अगाडी बढ्ने भन्दै हतास नहुन पार्टीपंतिmलाई आग्रह गरे ।

‘यो चुनौती देखेर आत्तिनु र हताश हुनुपर्दैन । यो चुनौती सामना गरेर नेकपा एमाले फेरि अगाडी बढ्छ । हाम्रो कार्यालय डढेर खरानी भयो । तर हाम्रो इच्छाशक्ति मरेको छैन । हाम्रो इच्छाशक्ति कहिले मर्ने छैन,’ उनले भने ।

साथै उनले एउटा दुर्भाग्यपूर्ण घटना मुलुकले व्यहोर्नु परेकोमा दुख व्यक्त गर्दै एमालेका नेतादेखि कार्यकर्तासम्म कहिले पनि विचलित नहुने जिकिर गरे ।

‘हामी यो ठाउँमा शान्त ठाउँमा ढुङ्गा चलाए जसरी आएका होइनौँ । हामीले प्रत्येक कालखण्डमा चुनौतीहरूको सामना ग¥यौँ,’ उनले भने, ‘ती चुनौतीहरू कतिपय हाम्रा आफ्नै कमजोरीका कारण थिए भने त्यससँगसँगै बाहिरी विरोधी शत्रु र बैरीहरूले खडा समेत गरेका थिए । ती सबै चुनौतीहरूको सामना गरेर नेकपा एमाले एउटा गौरवशाली रुपमा अगाडी आइपुगेको हो ।’

प्रतिक्रिया दिनुहोस्