Logo
Logo

‘राजनीतिक दलका कार्यालयमाथिको आक्रमण सुनियोजित षडयन्त्र’


315
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका नाममा राजनीतिक दलका कार्यालयमाथि गरिएको आक्रमण लोकतन्त्रलाई कमजोर पार्ने सुनियोजित षडयन्त्र भएको टिप्पणी गरेका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले छानीछानी राजनीतिक दलका निजी सम्पत्तिमा क्षति पर्याउने काम लोकतन्त्र विरोधी क्रियाकलाप भएको बताएका हुन् ।

नवयुवाको नाममा घुसेकाहरूले लोकतन्त्र समाप्त गर्ने योजना अनुसार काम गरेको उनको दाबी छ । उनले नेपालको संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको बताउँदै त्यस प्रति गर्व गर्नुपर्ने बताए । सही विचारको जगमा उभिएको पार्टी कहिल्यै कमजोर नहुने बताउँदै उनले एमाले फेरी उठ्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्