काठमाडौं । जेनजी आन्दोलनपछि विकसित घटनाक्रम र सम्भावित सामाजिक अस्थिरता मध्यनजर गर्दै गृह मन्त्रालयले सहायता कक्ष स्थापना गरेको छ।

मन्त्रालयका सहायक प्रवक्ता तथा सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार, आन्दोलनपछिको परिस्थितिमा जनताको गुनासो, सुझाव तथा समस्या सुन्न र सहजीकरण गर्न सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।
मन्त्रालयले जारी सूचनामा भनिएको छ,
“यदि समाजमा कुनै उच्छृङ्खल गतिविधि देखिएमा वा समस्या परेमा सहायता कक्षमा फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत जानकारी गराउन सकिनेछ।”
सहायता कक्षमा सम्पर्क गर्नको लागि मोबाइल नम्बर ९८५१३६०६०३ उपलब्ध गराइएको छ। मन्त्रालयले सबैलाई सचेत रहन र आवश्यक परेमा जानकारी गराउन आग्रह गरेको छ।














