Logo
Logo

छैटौँ खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमललाई


378
Shares

गोरखा । संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाले आयोजना गरेको छैटौँ खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका धावक कमल नेपालीले जितेका छन् ।

गोरखा नगरपालिका–९ लक्ष्मीबजारदेखि गोरखा बसपार्कसम्मको चार किलोमिटर दूरी उनले १८ मिनेट २८ सेकेण्डमा पार गर्दै प्रथम स्थान हासिल गरेका हुन् ।

त्यस्तै, १८ मिनेट ३४ सेकेण्डमा दूरी पार गरेका सरोज गिरी दोस्रो स्थानमा रहँदा, तेस्रो स्थानमा सनम गुरुङ परेका छन्, जसले १९ मिनेट १९ सेकेण्डमा दौड पूरा गरे । १९ मिनेट ४४ सेकेण्डको समयमा फिनिस गरेका प्रवीन थापा सान्त्वना स्थानमा सीमित भए ।

क्लबका अध्यक्ष राज गुरुङका अनुसार, प्रतियोगितामा विजेताहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । पहिलो हुनेले पाँच हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो हुनेलाई तीन हजार रुपैयाँ, तेस्रो हुनेलाई दुई हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्नेलाई एक हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको हो ।

पुरस्कार वितरण गोरखा नगरपालिकाका मेयर कृष्ण रानामगर, गोरखा उद्योग वाणिज्य सङ्घ अध्यक्ष तथा क्लब सल्लाहकार भगवानबाबु मास्के, लियो डिस्ट्रिक्ट ३२५ व् नेपालका अध्यक्ष बालकृष्ण परियार, र लायन्स क्लब अफ गोरखाका अध्यक्ष अयोध्या जोशीले संयुक्त रूपमा गरे ।

प्रतिक्रिया दिनुहोस्