Logo
Logo

नयाँ इतिहास रच्न पूर्ण तयारीका साथ बसेका छौँ : गोकुल बाँस्कोटा


693
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पात मच्चाउने सबै दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: gokul-baskota.gif

संविधान दिवसको अवसरमा शुक्रवार काभ्रे, बनेपाको चारदोबाटोमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । ‘उनले भने, उत्पात मच्चाउने सबै अपराधीहरूलाई कानुनबमोजिम कारबाही गरी उनीहरूबाटै क्षतिपूर्ति भराउने व्यवस्था गर्नुपर्छ ।’ उनले समयको मागअनुसार परिवर्तन आवश्यक रहेको र जनताको चाहनालाई सम्मान गर्नुपर्ने बताउँदै कुनै पनि सैनिक वा व्यक्तिगत तानाशाही नेपाली जनतालाई स्वीकार्य नभएको उल्लेख गरे ।

बाँस्कोटाले तीनै पुस्ता एकजुट भएर देशलाई समृद्धितर्फ लैजानुपर्नेमा जोड दिए । वर्तमान सरकारले जनादेशअनुसार तोकिएको समयमा निर्वाचन गर्नुपर्ने भन्दै उनले एमाले निर्वाचनका लागि सधैँ तयार रहेको बताए । ‘हामी नयाँ इतिहास रच्न पूर्ण तयारीका साथ बसेका छौँ,’ उनले थपे ।

प्रतिक्रिया दिनुहोस्