Logo
Logo

आणविक ऊर्जा निर्माणका लागि स्वीडेनद्वारा २३ अर्ब डलर प्रस्ताव


1.1k
Shares

स्टकहोम । स्वीडेन सरकारले शुक्रवार नयाँ आणविक रिएक्टरहरू निर्माणका लागि २२० अर्ब क्रोनर (२३.३ अर्ब डलर) सम्म कर्जा लगानी गर्न तयार भएको बताएको छ ।

The current image has no alternative text. The file name is: nuclear-power-generation.gif

सन् २०२३ मा स्वीडेन सरकारले देशमा आणविक ऊर्जा उत्पादनलाई व्यापक रूपमा बढाउनको लागि मार्गचित्र प्रस्तुत गरेको थियो । ऊर्जा मन्त्री इब्बा बुशले एक पत्रकार सम्मेलनमा भने, ‘हामी स्वीडेनको ऊर्जाको लागि निर्णायक क्षणको सामना गरिरहेका छौँ। बिजुलीको सुरक्षित आपूर्ति समाजको आधारभूत कार्य हो ।’

सन् २०२५ अगस्टको अन्त्यमा स्वीडेनले ५० वर्षमा पहिलो आणविक ऊर्जा विस्तारको लागि ‘मोडुलर परमाणु रिएक्टर’ निर्माणको बाटो चयन गरेको हो ।

नयाँ पुस्ताका तीन वा पाँच रिएक्टरहरू दक्षिण–पश्चिमी स्वीडेनको रिङ्घल्स प्लान्टमा निर्माण गरिनेछ जसले दुई परम्परागत रिएक्टर बराबर अर्थात् एक हजार ५०० मेगावाट विद्युत् प्रदान गर्नेछ । 

स्क्यान्डिनेभियाली मुलुक स्वीडेनले आणविक ऊर्जालाई चरणबद्ध रूपमा समाप्त गर्न १९८० को गैर–बाध्यकारी जनमत सङ्ग्रहमा मतदान गरेको थियो र त्यसबेलादेखि आफ्ना १२ मध्ये छ वटा रिएक्टरहरू बन्द गरेको थियो ।

शुक्रवार सरकारले नयाँ आणविक ऊर्जा निर्माणका लागि सरकारी ऋण खोज्ने कम्पनीहरूका लागि बजेट फ्रेमवर्क प्रस्ताव गरिरहेको बताएको छ र यो निजी वित्तीय संस्थाहरूमार्फत प्रदान गरिने सुरक्षित ऋणभन्दा सस्तो हुनेछ ।

यो फ्रेमवर्क १२ वर्षमा कुल २२० अर्ब क्रोनर नयाँ रिएक्टरहरूको निर्माणका लागि अपेक्षित कर्जामा समावेश गरिएको सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ । स्वीडेनका छ वटा सक्रिय रिएक्टरहरूले हाल यसको बिजुली आवश्यकताको लगभग ३० प्रतिशत उत्पादन गर्छन् ।

प्रतिक्रिया दिनुहोस्