Logo
Logo

मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक


882
Shares

काठमाडौं । दशैंको मुखमा देशका मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।

नारायणगढ– मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध भएर यात्रु अलपत्र परेपछि ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले आकस्मिक बैठक बोलाएका हुन् । अहिले बैठक जारी छ ।

शुक्रबार रातिदेखि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन कठिनाइ भएको छ । यात्रुहरु रातिदेखि नै अलपत्र परेका छन् ।

बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग यातायात मन्त्री कुलमान घिसिङले छलफल गरिरहेका छन् ।

सरोकारवालले बैठकमा सडकको अवस्थाबारे जानकारी गराएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पहिरो खस्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्