Logo
Logo

जेनजी आन्दोलनका सहिद र घाइते परिवारलाई बलिदानी खेर जाने चिन्ता !


315
Shares

काठमाडौं । जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूले आफ्नो रगतको बलिदान खेर नजाओस् भन्ने चाहेको बताएका छन् । उनीहरूले कसैलाई सत्तामा पुर्‍याउन नभई समाजमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि लडेको बताए ।

The current image has no alternative text. The file name is: sahid-pariwar.gif

शनिवार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा अछामका घाइते आदित्य रावलले आन्दोलन कसैलाई कुर्सीमा पुर्‍याउन नभएको स्पष्ट पारे । उनले सरकारले सहिद परिवार र घाइतेको जीविकोपार्जनका लागि ठोस कार्ययोजना बनाउनुपर्ने माग गरे । उनले हालको सरकारी सहयोग अपर्याप्त र पहुँचबाहिर रहेको बताए ।

गुल्मीका घाइते गोकर्ण विष्ट र हुम्लाका सुरेश ऐडीले त्रासको वातावरणमा बाँचिरहेको गुनासो गरे । घाइते प्रकाश विष्टकी दिदी दुर्गा विष्टले आफ्ना भाइहरूको रगत खेर गए सडकमा उत्रिन बाध्य हुने चेतावनी दिइन् ।

घाइतेकी आफन्त सरस्वती रावलले देश र जनताका लागि बगेको रगत खेर जाने चिन्ता व्यक्त गरिन् । जेनजी अगुवा सुप्रिया नेपालीले राजनीतिक स्थिरता, विज्ञहरूको मन्त्रिपरिषद्, पूर्णसमानुपातिक निर्वाचन, निःशुल्क शिक्षा र स्वास्थ्य, र २०४६ यता उच्च पदमा रहेका राजनीतिज्ञ र प्रशासकहरूको सम्पत्ति छानबिनको माग राखिन् । माग पूरा नभए आन्दोलन जारी रहने उनको चेतावनी छ । 

प्रतिक्रिया दिनुहोस्