Logo
Logo

सुदन गुरुङले भने-शीतलनिवासमा सेलिब्रेट गर्न गएको होइन


1.6k
Shares

काठमाडौं । हामी नेपालका संस्थापक सुदन गुरुङले राष्ट्रपति भवन शीतलनिवासमा आफू सेलिब्रेट गर्न नगएको बताएका छन् । शनिवार उनले भिडिओ वक्तव्य जारी गर्दै उनले सही के हो वा गलत के हो भन्ने थाहा पाउन केही समय पर्खिन आग्रह गरेका छन् । 

The current image has no alternative text. The file name is: sudan-gurung-1.gif

उनले भने, ‘हामी आफैँले पनि कुन गलत हो, कुन सही हो भन्ने पर्खन सक्नुपर्छ । सबै जनाको दिमाखमा आइरहेको छ कि हिजो त्यहाँ म किन सेलिब्रेट गर्न गएँ। म त्यहाँ सेलिब्रेट गर्न गएको होइन । मलाई सेलिब्रेट गर्नु पनि छैन ।’

उनी संविधान दिवसका दिन राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । त्यहाँ राजनीतिक दलका नेताहरू पनि सहभागी थिए । 

नेताहरुलाई त्यहाँ बोलाइएको र उनीहरूले ठााडो शीर नपारुन भनेर आफू त्यहाँ गएको उनको स्पष्टीकरण छ । ‘नेताहरू सबै आउने भनेपछि यिनीहरू (नेताहरू) सिङ उचालेर जान्छ भनेर म त्यहाँ गएको हो,’ गुुरुङले भनेका छन्, ‘त्यहाँ म एउटा नेतासँग पनि बसिनँ । एउटै लेभलको कुर्सीमा बस्दा पनि बसिनँ। म उभिएरै बसेँ। पानीमा रुझेर बसेको हु।’

राष्ट्रपति निवासको आफूले पानी समेत नखाएको उनको भनाइ छ । ‘चिया खाम भनेको थियो, मैले चिया खाँदिनँ भने,’ गुरुङले भनेका छन्, ‘पानी खाँदिनँ भनेको हो, भाइ बहिनीहरूको रगत बगेको छ, मलाई यिनीहरुको केही खानु पनि छैन। यिनीहरू (नेताहरू) शीर उठाएर नहिँडोस् भनेर म त्यहाँ गएको हो ।’

प्रतिक्रिया दिनुहोस्