Logo
Logo

प्रचण्डलाई बैठकको जिम्मा दिएर बाहिरिए ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ भदौ ।
नेकपाका स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा करिब २० मिनेट बसेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन् । अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालनको जिम्मेवारी दिएर उनी बाहिरिएका हुन् ।


प्रधानमन्त्रीलाई आफ्ना कुरा सुनाउन नपाएपछि स्थायी कमिटीका नेताहरु हिस्स परेका छन् । आजको बैठकले ओली र प्रचण्डबीच कार्यविभाजन तय गर्ने एजेन्डा छ । यस्तो महत्वपूर्ण बैठकलाई ओलीले समय नदिएपछि कतिपयले आशंका गरेका छन् । प्रचण्डलाई पूर्ण रुपमा कार्यकारी अधिकार दिने विषय महासचिव विष्णु पौडेल अध्यक्षताको कार्यदलमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्