
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले महावीर पुनालाई मन्त्री बन्न प्रस्ताव गरेका छन् । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका कार्कीले केही युवा पत्रकारहरुस महावीर पुनसँग पनि छलफल गरेका हुन् ।
प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव गरेका छन् । यद्यपी अन्तरिम सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा पुनले केही जवाफ दिएका छैनन् । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद्ले मात्र काम गरिरहेको छ ।
मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री कार्कीका साथै अन्य मन्त्रीहरूले पनि गृहकार्य गरिरहेका छन् । खासगरी गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल यसमा बढी खटिएका छन्। भदौ २३ र २४ को आन्दोलनपछि कार्की २७ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।














