Logo
Logo

चैत २५ मा एकता महाधिबेशन गर्ने नेकपाको निर्णय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले यही वर्ष २५ चैतदेखि ३० चैतसम्म एकता महाधिबेशन गर्ने निर्णय गरेको छ ।

पार्टीको शुक्रबार बसेको स्थायी कमिटी बैठकले कार्यदलको प्रतिवेदन अनुसार यस्तो निर्णय गरेको हो ।
त्यस्तै नेकपाले एमसिसी परिमार्जनसहित अनुमोदन गर्ने निर्णय गरेको छ ।

बैठकले दुई अध्यक्षको कार्यविभाजनसम्बन्धि प्रस्ताव पनि पारित गरेको छ । जसअनुसार ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतले पार्टी सञ्चालन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्