Logo
Logo

गोदावरीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


1k
Shares

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित ठेचामा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बा३क २८४५ नम्बरको ट्याङकरले बागमती प्रदेश ०२–०५९ प ६३८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा कैलाली घर भई ठेचोमै बस्ने ४८ वर्षीय कमलसिंह ठकुरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्