Logo
Logo

विप्लव नेतृत्वको नेकपाले फागुन २१ गते हुने चुनावमा भाग लिने


819
Shares

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने भएको छ । भदौ २३ देखि २६ सम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनमा भाग लिने विषयमा छलफल गरेको हो ।

यद्यपि बैठक चलिरहेकै बेला जेनजी विद्रोहका कारण देशको राजनीति नै उथलपुथल भएकाले आधिकारिक निर्णय नभएको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले बताए ।

उनले निर्वाचनमा भाग लिने पार्टीको घोषित नीति नै भएको बताए । उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते गर्ने निर्वाचनमा पार्टीले भाग लिन्छ । समाजवादी व्यवस्था स्थापित गर्ने हिसाबले निर्वाचनको उपयोग गर्छौँ ।’

२०८४ को निर्वाचनमा भाग लिने भनेर पार्टीले पहिले नै निर्णय गरिसकेको छ । तर पछिल्लो विशेष राजनीतिक परिस्थिति उत्पन्न हुँदा छलफल मै भएकाले निर्णय हुन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्