Logo
Logo

समयमा निर्माण पुरा नगर्नेसंग सम्झौता तोडिन्छ : उर्जामन्त्री


630
Shares

काठमाडौं । ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वसंगको छलफलका क्रममा मन्त्री घिसिङले मुलुकमा परिवर्तनका लागि ठूलो आन्दोलन भएकाले अब सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताएका हुन्।

देशमा देखिएको निराशालाई निर्मूल पार्न सबै लाग्नुपर्ने उल्लेख गर्दै उनले सबै मन्त्रालय र सचिवहरुलाई कुनै पनि कुरामा तलमाथि नगर्न र सरकारको निर्देशन पूर्ण रुपमा कार्यान्वयन गर्न निर्देशन दिइएको बताए । मन्त्री घिसिङले जिम्मा लिएर समयमा आयोजना पुरा नगर्नेसंग सम्झौता तोड्ने स्पष्ट पारे ।

छलफलपछि महासंघका अध्यक्ष रवि सिंहले जेनजी पुस्ताको आन्दोलनपछिको निर्माण क्षेत्रको परिस्थीतिका बारेमा कुराकानी भएको बताए । उनले रुग्न योजना खारेज गर्दा त्यसबाट पर्ने असर पहिचान गर्न सुझाव दिइएको जानकारी दिए ।

त्यस्तै भ्रष्टाचार व्याप्त हुने क्षेत्र उपभोक्ता समिति भएकाले त्यसलाई खारेज गर्न समेत सुझाव दिएको उनको भनाइ छ । उनले निर्माण उद्योग लगाएत मुलुकको अर्थतन्त्रलाई चलाउनमान बनाउनका लागि देखिएका व्यवधान वर्तमान सरकारले अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्