Logo
Logo

विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य


441
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अर्बौँ बाँकी विद्युत् बक्यौता उठाउन बोर्ड बैठक डाक्ने तयारी गरेको छ । उर्जामन्त्री बने लगत्तै कुलमान घिसिङले विद्युत् बक्यौता उठाउनेसम्बन्धी पहिलो निर्णय गरेका थिए । सोही निर्णयलाई कार्यान्वयनमा लैजानका लागि बोर्ड बैठक डाक्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

The current image has no alternative text. The file name is: Hitendra-Dev-Shakya-scaled-e1604814044244.jpg

शाक्यका अनुसार सोमवाररमंगलवार नै बैठक बसेर बिजुली बक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइनेछ । शाक्यले सरकारको निर्णय मानेरै बक्यौता उठाउन लाग्ने समेत बताएका छन् ।

शाक्यले बक्यौताका विषयमा बोर्डबाटै निर्णय गर्ने बताउँदै मन्त्रालयको निर्णय अनुसार कामकारबाहि अघि बढाइन लागेको बताए । बोर्ड बैठकबाट निर्णय भएपछि बक्यौता उठाउन कुनै समस्या नभएको समेत उनले बताए । कुलनमान नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक भएको बेला पटकपटक विद्युत् बक्यौता उठाउन भनेर तिर्न बाँकी रहेको उद्योगीको लाइन काट्दै आएका थिए ।

तर, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली भएका बेला पनि बिजुलीको लाइन काट्दा जोड्न निर्देशन दिएका थिए ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल बुझाउन धेरै पटक उद्योगी तथा व्यवसायीलाई दबाब दिँदै आएको छ । प्राधिकरणले उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत लिएको विद्युत्को जरिवानासहित करिब २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्