Logo
Logo

निजी क्षेत्रको पुनरुत्थानमा सरकारले सघाउने


315
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको तोडफोड तथा आगजनीका घटनाप्रति दुख व्यक्त गर्दै उनले सरकारले सहयोग गर्ने बताएकी हुन् । 

The current image has no alternative text. The file name is: pm-with-private-company.gif

आइतबार सिंहदरबारमा उद्योगी व्यवसायी सङ्घ संस्थाका साथै औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्रीले आफू सदैव निजी क्षेत्रको साथमा रहेको बताउँदै पुनरुत्थानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् । 

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले आन्दोलनका क्रममा भएको क्षतिका बारेमा जानकारी गराएका थिए । उनीहरूले काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षाको अपेक्षा सरकारसँग रहेको धारणा राखेका थिए ।

साथै उनीहरूले करिब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आङ्कलन रहेको जनाएका थिए । छलफलका क्रममा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकर लगायतमा छुट प्रदान गर्न पनि आग्रह गरिएको थियो । 

छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति बेहोरेको हुँदा दोषी माथि कारबाही हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्