Logo
Logo

राष्ट्रपतिले संविधान जोगाए : प्रदीप ज्ञवाली


1.4k
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति रामचन्द्र पौडेलको अडानका कारण देश दुर्घटनाहरूबाट बचेको बताएका छन् ।

The current image has no alternative text. The file name is: Pradeep-Kumar-Gyawali.jpg

प्रगतिशील लेखक सङ्घ, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा ज्ञवालीले व्यवस्था विरोधी तत्त्वहरूले संविधान र गणतन्त्र दुवैलाई समाप्त पार्न चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको बताए ।

उनले भने, ‘यी सबै कुराको अन्तर्यमा संविधान खारेजी, गणतन्त्रको समाप्तिको कुरा छ । म यस मानेमा धन्यवाद दिन चाहन्छु कि सम्माननीय राष्ट्रपतिज्यू कि उहाँले केही केही अडान लिनुभएको हुनाले त्यसै दिन हुने कतिपय दुर्घटनाहरू बचेको पनि छ । तर अगाडिका दिनहरू कसरी जान्छन ? भन्न सकिँदैन ।’

संविधान जोगाउनको लागि भए पनि तोकिएकै समयमा निर्वाचन हुनु आवश्यक रहेको ज्ञवालीको भनाइ रहेको छ । उनले जेनजीलाई पनि भ्रममा पारेर बाह्य तत्त्वहरूले खेलबाड गरेको दाबी गरेका छन् । उनले अहिलेको समयमा संविधान पक्षधरहरू एक ठाउँमा हुनुबाहेक अरू कुनै विकल्प नरहेको बताउँदै जेनजी आन्दो नियन्त्रण बाहिर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्