Logo
Logo

जेनजी आन्दोलनका घाइते पक्राउ


1.8k
Shares

काठमाडौं । प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरूलाई प्रहरीले पक्राउ गरेको छ । आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।  

The current image has no alternative text. The file name is: arrested.gif

उनीहरूले हामी नेपालका संयोजक सुदन गुरुङले आफुहरुले गरेको आन्दोलन हाइज्याक गरेको भन्दै नाराबाजी पनि गरेका थिए । 

घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधिहरू सह्य नहुने चेतावनी चेतावनी दिँदै सुदन गुरुङलाई जेनजी पुस्ताको नेता मान्न नसकिने समेत बताए । सुदन गुरुङको नाम लिएर होहल्ला गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्