Logo
Logo

अमेरिकाले खाद्य सुरक्षासम्बन्धी सर्वेक्षण नगर्ने 


252
Shares

वासिङ्टन । ‘अत्यधिक राजनीतिकरण’ को कारण देखाउँदै अमेरिकाले वार्षिक रूपमा गर्दै आएको अमेरिकी खाद्य सुरक्षा सर्वेक्षण रद्द भएको छ । ‘अमेरिकी कृषि मन्त्रालयले कार्यक्रम र आर्थिक रिपोर्टिङको निरन्तर समीक्षापछि भावी घरेलु खाद्य सुरक्षा रिपोर्टहरू बन्द गर्नेछ,’ मन्त्रालयले एएफपीलाई उपलब्ध गराएको विज्ञप्तिमा भनिएको छ।

The current image has no alternative text. The file name is: usa.gif

रिपोर्टमा ‘अत्यधिक राजनीतिकरण’ भएकोले वार्षिक समीक्षा अनावश्यक ठहर गरिएको मन्त्रालयले जनाएको हो । तीन दशक पुरानो सर्वेक्षण रद्द गर्ने कदम राष्ट्रपति डोनाल्ड ट्रम्प र कंग्रेसमा रिपब्लिकनहरूले यस वर्ष एसएनएपी भनेर चिनिने अमेरिकी खाद्य सहायता कार्यक्रममा प्रमुख सुधारहरू पारित गरेपछि आएको हो। स्वतन्त्र विश्लेषकहरूले यो निर्णयका कारण लाखौँ अमेरिकीले कार्यक्रममा पहुँच गुमाउनेछन् ।

सन् २०२३ को प्रतिवेदनले १३.५ प्रतिशत अमेरिकी घरपरिवारले खाद्य असुरक्षाको सामना गरेको देखाएको छ । यो सन् २०१४ पछिकै सबैभन्दा उच्च स्तर हो ।

अमेरिकी कृषि मन्त्रालयको वक्तव्यमा सर्वेक्षण सङ्कलन प्रक्रियाको आलोचना गर्दै भनिएको छ, ‘तथ्याङ्क सङ्कलन गर्न प्रयोग गरिएका प्रश्नहरू पूर्ण रूपमा व्यक्तिपरक छन् र यसले वास्तविक खाद्य सुरक्षाको सही तस्बिर प्रस्तुत गर्दैन ।’
 
विज्ञप्तिमा भनिएको छ, ‘यो तथ्याङ्क गलत तथ्यले भरिएको छ जुन ग्रामीण इलाकामा वास्तवमा के भइरहेको छ भन्ने कुराको प्रतिनिधित्व गर्दैन किनकि हामी हाल ट्रम्प प्रशासनमा कम गरिबी दर, बढ्दो ज्याला र रोजगारी वृद्धिको अनुभव गरिरहेका छौँ ।मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘यस वर्ष एकत्रित खाद्य असुरक्षातथ्याङ्कलाई सङ्केत गरिएको छ तर तथ्याङ्कमा राजनीतिकरण भएको आशङ्काबीच यसलाई सन् २०२६ सम्म सार्वजनिक गरिने छैन ।

अमेरिकी आर्थिक तथ्याङ्कले यस वर्ष सुस्त आर्थिक वृद्धि र कडा श्रम बजारलाई समस्याका रूपमा देखाएको छ । ट्रम्पले यी तथ्याङ्कलाई गलत भन्दै खारेज गर्दै श्रम मन्त्रालयको तथ्याङ्क विभागका प्रमुखलाई बर्खास्त गरेका थिए । उनले अर्थशास्त्री इजे एन्टोनीलाई विभागको प्रमुखमा मनोनयन गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्