Logo
Logo

देउवा-खड्काको घरमा भेटिएको पैसाबारे बुझ्न सम्पत्ति शुद्धीकरण विभागको टोली खटियो


2.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्काको निवासमा सम्पत्ति शुद्धीकरण विभागको टोली पुगेको छ । विभागका एसपी नवरत्न पौडेलको नेतृत्वमा रहेको टोलीले आइतबार हरिहर भवनबाट उनीहरूको घरमा छानबिन गरेको हो । 

The current image has no alternative text. The file name is: deuwa-1.jpg

टोलीले मुचुल्का तयार पार्ने काम गरेको छ र अन्य अनुसन्धानका प्रक्रिया पनि अघि बढाइरहेको छ । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले यी दुवै नेताको घरमा आगजनी गरेका थिए । आगजनीका क्रममा देउवाको बुढानीलकण्ठस्थित घरमा जलेका डलर र नेपाली हजार तथा पाँच सयका नोटका टुक्राहरू फेला परेको थियो ।

साथै, पैसा राख्ने सुरुङ भएको दाबी पनि गरिएको थियो । यस्तै, पूर्वऊर्जामन्त्री खड्काको घरबाट पनि केही रकम उडिरहेको भिडियो सार्वजनिक भएको थियो । सार्वजनिक भिडियोहरूमा रकम भेटिएको दृश्य देखिएपछि विभागले आगलागी भएको घर, त्यसको अवस्था र रकम रहेको स्थानको मुचुल्का तयार पारेको हो । यो घटनाको ११ दिनपछि विभागको टोलीले मुचुल्का गरेको हो । 

यसैबीच, देउवाको सचिवालयले विज्ञप्ति जारी गर्दै घरमा पैसा र सुरुङ नभएको दाबी गरेको छ । उक्त सुरुङको सट्टा पानीको ट्याङ्की रहेको सचिवालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्