Logo
Logo

मनोज सिलवाल बने विद्युत् प्राधिकरणको नयाँ एमडी


630
Shares

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

The current image has no alternative text. The file name is: manoj-silwal.gif

हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । यसअघि, गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

पाँच महिनापछि ऊर्जा मन्त्री बनेका घिसिङको पहलमा शाक्यलाई सरुवा गरी सिलवाललाई सो पदमा नियुक्त गरिएको हो । सिलवाल प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा उनका विश्वासपात्र सहयोगीका रूपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्