काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सम्पत्तिको पुनर्निर्माणका लागि आवश्यक सामग्री आयातमा ५० प्रतिशतसम्म भन्सार छुट दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । आन्दोलनबाट प्रभावित उद्योग, व्यापारिक र व्यावसायिक प्रतिष्ठानहरूको आर्थिक गतिविधि तत्काल सुचारु गर्न नेपाल राष्ट्र बैङ्क र बीमा कम्पनीहरूलाई राहत कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिइएको छ ।
साथै, बीमा प्राधिकरणलाई क्षतिको ५० प्रतिशतसम्म अग्रिम भुक्तानीको व्यवस्था गर्न पनि बैठकले निर्णय गरेको छ ।











