Logo
Logo

हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा


378
Shares

काठमाडौं । हनुमानढोकास्थित दशैं घरमा जमरा राखिएको छ । बिहान ९ः १३ मिनेटको साइतमा दशैं घरमा विधिपूर्पक जमरा राखिएको हो ।

बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौं छरिन्छ ।

आज छरिएको जौंको अंकुरणलाई जमरालाई जमरा भन्ने गरिन्छ । दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ । दशैंघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजाआराधना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्