काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा–१९ दारिमटारमा एकसथा ३ वटा सवारी साधन आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तेल बोकेको ट्यांकर, मालबाहक ट्रक र यात्रुवाहक बस एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो । घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
मकवापुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार दुर्घटनास्थलमा प्रहरीको टोली खटिएको छ भने घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।














