काठमाडौं । नवनियुक्त चार मन्त्रीहरूको शपथ समारोहमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि घिमिरे पुगेका छन् । यसअघि प्रधानमन्त्री र तीन मन्त्रीको शपथमा नपुगेका घिमिरे सोमबार शीतल निवासमा आयोजित चार मन्त्रीको शपथ समारोहमा भने सहभागी भएका हुन् ।

समारोहमा सभामुखसहित प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत सहभागी छन् ।
आज नवनियुक्त मन्त्री जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियारले शपथ लिएका हुन् । सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।














