Logo
Logo

जेनजी आन्दोलनका क्रममा भागेका टोपबहादुर कारागार फर्किए


693
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । जेनजीको आन्दोलनको क्रममा भदौ २४ गते सुन्धारास्थित कारागारबाट भागेका उनी दुई सातापछि पुनः कारागार फर्केका हुन् ।

रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए । देशभरका कारागारबाट १४ हजार बढी कैदीबन्दी भागेका थिए । करिब आधाजसो कैदीबन्दी अहिले कारागार फर्किसकेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा रायमाझीसहितका व्यक्तिविरुद्ध मुद्दा चलेको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनी पुर्पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्