
काठमाडौं । विराटनगरमा एक हजार रुपैयाँ नदिएको निहुँमा देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन् ।
सोमबार दिउँसो विराटनगर महानगरपालिका–९ धोबियारीमा २५ वर्षीय श्रवण साहले २२ वर्षीया भाउजु रागिनी देवी साहमाथि एसिड प्रहार गरेका हुन् ।
एसिड प्रहारबाट गम्भीर घाइते भएकी रागिनीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको मुख्य कारण पैसाको लेनदेन र सोही विषयमा विवाद उत्पन्न हुँदा देवरले भाउजुमाथि एसिड हानेका हुन् । एसिड प्रहारपछि श्रवण साह फरार छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














