Logo
Logo

नेप्सेले दियो वृद्धिलाई निरन्तरता


1k
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्कले उकालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत आइतबार बढेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

मङ्गलवार नेप्से परिसूचक ५८.६३ अङ्क बढेर २६८२.२५ विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ९.०८ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ३.९० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०१ अङ्क बढेको छ ।

नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा ३२८ स्टकको ६७ हजार ३८२ पटकको कारोबारमा ५ अर्ब २९ करोड २७ लाख ७३ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज ८ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैङ्क, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्रीन डेभलपमेन्ट बैङ्क, नारायणी डेभलपमेन्ट बैङ्क, सिन्धु विकास बैङ्क, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, एशियन हाइड्रोपावर र हिम स्टार ऊर्जा कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । मूल्य घटेका स्टकहरुको गिरावटदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३८ करोड ६८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, यूनिभर्सल पावर कम्पनीको करिब साढे १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम १८ करोड नाघेको छ ।

आज सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ । त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्द बढी बढेको छ भने विकास बैङ्क, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्